महसुल नतिरेपछि गण्डकी प्रदेश प्रमुख निवासको लाइन काटिइयो
पाेखरा | पुस ५, २०८०
पोखरा: नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले गण्डकी प्रदेशको तीन सरकारी निवासको लाइन काटेको छ ।
नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटनका सूचना अधिकारी प्रदिप कुमार भुवाजीले गण्डकी प्रदेश सरकारको तीन सरकारी निवासको लाइन काटेको जानकारी दिए ।
उनले गण्डकी प्रदेश प्रमुख निवास, आन्तरिक तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्री निवासको लाइन काटेको जानकारी दिए ।
‘विद्युत महशुल नबुझाएपछि आज हामीले गण्डकी प्रदेशका तीन सरकारी निवासको लाइन काटेका हौं’, भुवाजीले सुनगाभा न्यूजसँग भने, ‘ तीन मन्त्रालयको करिव २ लाख ५६ हजार बक्यौता उठ्न बाँकी छ, महसुल बुझाएपछि मात्र कार्यालयको लाइन जडान गछौं ।’
उनका अनुसार प्रदेश प्रमुख सरकारी निवासको ८६ हजार १ सय ८३, आन्तरिक मामिला तथा कानून मन्त्रालय मन्त्री निवासको ७७ हजार ९ सय ६३ र भौतिक पूर्वाधार विकास मन्त्रालय मन्त्री निवासको ९१ हजार ९ सय ५७ रुपैयाँ विद्युत महशुल तिर्न बाँकी छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

